उदय नेम्वाङको आवाजमा ‘मिम्जीरेन थाक थाक्सु केलरे’ गजल सार्वजनिक (भिडियो सहित)
८ चैत, २०८० पाँचथर । गायक उदय नेम्वाङको आवाजमा ‘मिम्जीरेन थाक थाक्सु केलरे’ बोलको लिम्बू भाषिक गजल गित सार्वजनिक भएको छ ।
बिहिवार ‘उदय नेम्बाङ लिम्बू’ युटुव च्यानल मार्फत सार्वजनिक गरिएको गजलमा सागर केरुङ्को शब्द, बुद्धराज लिम्बुको सङ्गीत, उदय नेम्वाङको आवाज रहेको छ । दिनेश श्रेष्ठको सङ्गीत सम्योजन रहेको गजललाई डी स्टुडियोमा रेकर्ड गरिएको गायक नेम्वाङले बताए ।
धिरेन तुम्बापोको छायांकन तथा इसाक जबेगुको सम्पादन रहेको भिडियोमा गायक नेम्वाङको लिप्सिङ देख्न सकिन्छ । लिम्बु भाषामा रेकर्ड गरिएको गजल गित यो नै पहिलो रहेको गायक नेम्बाङले बताए ।
Advertisement
