Advertisement Ad

Advertisement Ad

अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि दमकलाई

८ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा बुधबार सम्पन्न अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधि झापाको दमक नगरपालिकाले जितेको छ।

फिदिम-६ सिवास्थित सिवा खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा संखुवासभाको पाँचखपन नगरपालिकालाई २५-१६, २५-२२ र १५-७ को सेटमा पराजीत गर्दै दमकले उपाधि उचालेको हो। पहिलो र दोस्रो सेटमा लगातार जीत निकालेको दमकले तेस्रो र चौंथो सेट भने क्रमशः २३-२५ र २२-२५ ले गुमाएको थियो।

जीत सँगै दमकले नगद १ लाख १ हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेतामा सिमित बन्न पुगेको पाँचखपनले नगद ७० हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

सिवा कला, साहित्य, साँस्कृतिक महोत्सव २०८१ को अवसरमा आयोजित प्रतियोगितामा प्रदेश-१ का ८ पालिकाको सहभागिता रहेको फिदिम-६ का वडा अध्यक्ष तथा आयोजक समितिका सदस्य विपन तुम्रोकले बताए।