दक्षिण कोरिया १२ जूलाई २०२५
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको १०औ महाधिवेशन यही २०२५ जुलाई २६ र २७ तारीख हुने निश्चित भएको छ ।
९औ कार्यसमितिमा सक्रिय सदस्यको रुपमा काम गरी सकेका, योङहाङ सेवा समाज दक्षिण कोरियाको संरक्षक साथै बिभिन्न संघ संस्थामा रहेर काम गरेका मंगल योङहाङ १०औ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवार दिएको सामाजिक संजाल बाट घोषणा गर्नु भएको छ । संस्थाको नीति नियम र विधानमा रहेर नेपाली समाजका लागी काम गर्ने संकल्पका साथ पंजीकृत सदस्यहरु बाट बहुमतले बिजय गराई दिनु हुन सम्बन्धित सबैमा आवाह्रन गर्नु भएको छ ।
एनआरएनए पंजीकृत सदस्यता दर्ता गर्ने अन्तिम मिती १३ जूलाई आइतबार सम्म रहने निर्वाचन समितिले तोकेको छ ।
