२७ भदौ २०८२, काठमाडौं। अन्ततः पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई मुलुकले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पाउने गरी अन्तिम तयारी भएको छ।
शितल निवास स्रोतका अनुसार प्रतिनिधिसभा विघटन गरेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको हो।
शुक्रबार दिनभरीको छलफलपछि अन्ततः जेन–जी हरुको माग अनुसार नै प्रतिनिधिसभा बिघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल तयार भएका हुन्।
कार्कीलाई अहिले नौ बजे प्रधानमन्त्रीको सपथ खुवाउने गरी तयारी भइरहेको शितल निवास स्रोतले जनाएको छ।
