पाँचथर, फागुन २० — कुम्मायक गाउँपालिका–५ मा आज उज्यालो नेपालको वार्ड समिति गठन गरिएको छ। चन्द्र बहादुर चेम्जोङको संयोजकत्वमा १७ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन भएको हो।
समिति गठन कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार प्राडा महेन्द्र सुन्दर लावती, प्रदेश नेता जकेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय तहमा संगठन सुदृढीकरण, विकास निर्माणका मुद्दा र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उज्यालोका नेता सजिव योङयाका अनुसार नवगठित समितिले वडा स्तरमा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनेछ।
स्थानीय राजनीतिक वृत्तमा वार्ड समिति गठनलाई संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यस्तै उज्यालो नेपालको कुम्मायक भेला सम्पन्न भएको छ। भेला गाउँपालिका अध्यक्ष तारानाथ सम्हावम्फेको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा उम्मेदवार प्रोफेसर डा. महेन्द्र सुन्दर लावती रहनुभएको थियो। त्यसैगरी प्रत्यक्षतर्फका उम्मेदवार टेक बहादुर सुब्बा, उम्मेदवार श्याम ब. मगर, उज्यालो नेपालका संघीय सदस्य प्रेमराज लावती तथा जिल्ला संयोजक दिलेन्द्र कुरुम्भाङ लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भेलामा बोल्दै वक्ताहरूले संगठन सुदृढीकरण, जनताका आधारभूत आवश्यकता, सुशासन तथा विकास निर्माणका एजेण्डालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै आगामी निर्वाचन र संगठन विस्तारलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूलाई एकताबद्ध भएर सक्रिय हुन आग्रह गरिएको थियो।
भेलालाई संगठन सशक्तिकरण र स्थानीय स्तरमा राजनीतिक सक्रियता बढाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
