Advertisement Ad

कुम्मायक गाउपालिकामा सञ्चालित ५ वटै डिपबोरिङमा सोलार जडान

Advertisement Ad

पदम सुखी सम्बाहाम्फे १५ साउन २०८०, पाँचथर ।पाचथर जिल्लाको सुख्खा ग्रस्त क्षेत्र कुम्मायक गाउपालिकामा संचालित ५ वटै डिप बोरिङमा २४ सै घण्टा डिपबोरिङ सन्चालनको लागि सोलार प्यानल सिस्टम जडान गरिएको छ ।

दुइसय फिटभन्दा बढी जमिन मुनि उत्खनन गरेर खानेपानी निकालिएको उक्त योजनामा सङ्घिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम द्वारा ८० लाख ९३ हजार मुल्य बराबरको सोलार प्यानल व्यवस्थापन भएको आयोजना प्रमुख सुरतलाल चौधरीले बताएका छन ।

विद्युत सेवा बन्द भएको बेलामा सुख्खा ग्रस्त क्षेत्रका काकाकुल सेवाग्राहीले सरल र सहज तवरले खानेपानी पिउने पानी पाओस् भन्ने हेतुले यो आयोजनाको लागि थप सिस्टम जडान गरिएको उनको भनाइ छ । २०७३ साल देखि यासोक सुख्खा क्षेत्रमा बृहत तमोर पम्पिङ खानेपानी योजना अघि बढेपनी नियमित विद्युत सेवा प्रवाहमा समस्या आउदा खानेपानी सेवाग्राहीले निक्कै सास्ती भोग्नु परेको थियो । गाउपालिकाको ५ वटा स्थानमा रहेको उक्त डिपबोरिङ नियमित विद्युत सेवा प्रवाह हुन नसकेको कारण सबै क्षेत्रको डिपबोरिङ सन्चालनमा आउन सकेको थिएन । अब ५ वटै स्थानका डिपबोरिङमा सोलार सिस्टम जडान भइसकेकोले सेवाग्राहीलाई अब थप सुविधा मिलेको यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका महासचिव जकेन्द्र लावतिले बताएका छन ।

तिङ्देन , उत्तिसे , मल्लिडे , गोलेडाडा र बिजुवापानीको डिपबोरिङ आयोजना तमोर पम्पिङ खानेपानी अन्तर्गतकै मातहतमा सन्चालन भइरहेको पनि लावतिले बताए ।

सुख्खा क्षेत्रका ३ हजार ४३ घरधुरीलाई लक्षित गरि यो योजना सन्चालनमा रहेता पनि हाल अनुमानित १८ सय सेवाग्राही मात्र लाभान्वित भएको जनाइएको छ।
मासिक विद्युत महसुलमा सरदर ६ लाख ५० हजार सम्म तिर्नुपर्ने र कर्मचारी व्यवस्थापनमा मासिक २ लाख ७० हजार खर्च आउने भएकोले यो सोलार सिस्टम बाट केही राहत मिल्ने यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष मेघराज निरौलाले बताएका छन ।
यो योजना ५२ करोड रुपैयाँको लागतमा निर्माणकार्य सम्पन्न गरि ठेकेदारले २०७७ सालमा योजनाको काम उपभोक्तालाई जिम्मा लगाएको थियो । त्यही समयदेखि उपभोक्ता समिति तथा सेवाग्राहीले उठ्ने महसुलको चर्को आर्थिक भार खेप्नु परेको छ । स्थानीय सरकार संघ र प्रदेशको आर्थिक साझेदारी अनुदान बिना यो आयोजना सन्चालनमा थप आर्थिक मारमा पर्ने उपभोक्ता समितिको कार्यलयको तथ्यांकमा उल्लेख छ ।
११ वटा लिप्ट जडान रहेकोे तमोर पम्पिङ खानेपानीको पम्प तथा अन्य मेसिनमा समस्या आउँदा सेवाग्राहीलाई नियमित खानेपानी आपूर्तिको निम्ति बैकल्पिक डिपबोरिङमा सोलार सिस्टम जडान भएपनी घाम नलागेको बेला भने सोलार पावरले काम गर्न नसक्ने बताइएको छ ।