Advertisement Ad

Advertisement Ad

फालेलुङ–२ एकतिनस्थित युथ इनिसेटिभ बोर्डिङ स्कुलले विविध कार्यक्रम गरी बाल दिवश मनायो

जीपी अधिकारी
३० भदौ २०८१, पाँचथर। फालेलुङ गाउँपालिका–२ एकतिनस्थित युथ इनिसेटिभ बोर्डिङ स्कूलले भदौ २९ गते विभिन्न शैक्षिक गतिविधि गर्दै बाल दिवस मनाएको छ।

शनिवार विद्यालयमा विविध सांस्कृतिक तथा खेलकुदका कार्यक्रम आयोजना गरिएको थियो। प्रतियोगितामा विजयी छात्र–छात्रालाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रिन्सिपल सञ्जय कुमार खत्रीले जानकारी दिए।

फालेलुङ गाउँपालिका, कार्यपालिका सदस्य शान्ति कुमारी राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुवानीप्रसाद आङ्थोपुको अध्यक्षतामा सम्पन्न भएको थियो।