Advertisement Ad

Advertisement Ad

चलचित्र ‘थत्थामा’ को छायाङ्कन सुरु

११ असोज २०८०, पाँचथर। नेपाली कथानक चलचित्र ‘थत्थामा’ को छायाङ्कन शुभारम्भ भएको छ।

शुक्रबार पाँचथरको फालेलुङ गाउँपालिकास्थित सिदेनबाट चलचित्रको छायाङ्कन शुभारम्भ गरिएको हो । फालेलुङ गाउँपालिका–७ का वडाअध्यक्ष टेकबहादुर केरुङ र फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले चलचित्रको छायाङ्कन शुभारम्भ गरेका थिए।

स्व.पदमसिं मुरिङला अपतनले लेखेको याक्थुङ (लिम्बू) भाषाको उपन्यास ‘थत्थामा’ लाई चलचित्र निर्माण गर्न लागिएको हो। आर.के. सिनेमा प्रा.लि.को ब्यानरमा सीता हुक्पा चोङबाङ निर्माता र भूषण दाहाल कार्यकारी निर्माता रहेको चलचित्रलाई बिनोद सिरेङले निर्देशन गरिरहेका छन्।

सेरेङकै पटकथा, संवाद रहेको ‘थत्थामा’ मा लाई सुजन दाहालले छायाङ्कन गरिरहेका छन्। ‘थत्थामा’ मा हाङ चेम्जोङ, बिमला खजुम, सागर केरुङ, फुङ्निमा योङहाङ, राम यक्सो, पुर्ण सेलिङ, नुनाम केरुङ, कर्ण सम्बाहाङ्फे, इन्दु तुम्सा सम्बाहाङ्फे, अल्का हुक्पा चोङ्बाङ, नुमासा जबेगु, पदम दुःखी सम्बाहाङ्फे, नरेन्द्र केरुङ लगायत कलाकारको अभिनय रहनेछ।

चलचत्रिलाई पाँचथर र काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ।