Advertisement Ad

फिदिम २ स्थित सुर्योदय आधारभूत विद्यालयका ६५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Advertisement Ad

१२ असोज, २०८० पाँचथर । नेकपा माओवादी केन्द्रको ३ महिने विशेष रुपान्तरण अभियान अन्तर्गत शुक्रवार फिदिम २ स्थित सुर्योदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

शुक्रवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी ४३ जना विद्यार्थीलाई कपि, पेन्सील, साप्नर लगायतका शैक्षिक सामग्री वितरण गएिको हो । शैक्षिक सामग्री व्यवस्थापनका लागि फिदिम नगरपालिका ७ का वडा सदस्य प्रदिप बास्कोटाले सहयोग गरेका हुन । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित बास्कोटाले विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न सर्धै आफु र आफ्नो पार्टी तत्पर रहेको बताए । आफु वडा सदस्यको रुपमा निर्वाचित भएपश्चात प्राप्त गरेका सबै सेवा सुविधा सामाजिक कार्यमा लगाउँदै आएको बताए । नेकपा माओवादी केन्द्र फिदिम नगरपालिका २ का ईन्चार्ज बिजयबोध लावतीले पार्टिको ३ महिने अभियान अन्तर्गत रहेर निरन्तर यस्तै प्रकारका जनताका काममा निरन्तर लाग्ने बताए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अविभावक संघ अध्यक्ष, प्रधानाध्यापकले अभियानले आफ्नो विद्यालय छनौट गरि सहयोग गरेकोमा धन्यवाद दिए ।

नेकपा माओवादी केन्द्र फिदिम २ नम्बर वडा कमिटीले आयोजना गरेको कार्यक्रम सुर्योदय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी, अविभावक सञ्चारकर्मिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।