Advertisement Ad

आगामी सेप्टेम्बर ३० मा हङ्कङमै पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुने

Advertisement Ad

११ असोज, २०८० काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ ।

आगामी ३० सेप्टेम्बर २०२३ मा याक एन्ड यति रेस्टुरेन्ट बारमा साँझ ७ बजे हुने भएको हो ।  ‘हाक्पारे पालाम साँझ’ को प्रमुख आकर्षणका रुपमा चर्चित गायक तथा संगीतकार ताराप्रकाश लिम्बू, गायिका निरन्ता नेम्बाङ र हाक्पारे गायक अम्मरजङ लिम्बुको विशेष प्रस्तुति रहनेछ भने कार्यक्रमको सञ्चालन पत्रकार विश्व लिम्बुले गर्ने सयङका अध्यक्ष त्रिभुवन लुङ्फुङ्वाले बताए ।

याक्थुङ हाक्पारे पालाम सयङ हङ्कङ्को आयोजनामा हुने पालाम साँझमा लिम्बु झाँकी प्रदर्शन, लिम्बु परिकारहरुको प्रदर्शन गरिने सयङ अध्यक्ष लुम्फुङ्वाले बताए ।