Advertisement Ad

हाक्पारे पालाम साँझ हुँदै

Advertisement Ad

११ असोज, २०८० पाँचथर ।
हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’  आयोजना हुने भएको छ । आगामी ३० सेप्टेम्बर २०२३ मा याक एन्ड यति रेस्टुरेन्ट बारमा साँझ ७ बजे हुने भएको हो । याक्थुङ हाक्पारे पालाम सयङ हङ्कङ्को आयोजनामा हुने कार्यक्रममा ताराप्रकाश लिम्बू, निरन्ता नेम्बाङ र अम्मरजङ लिम्बुको विशेष प्रस्तुति रहनेछ भने कार्यक्रमको सञ्चालन पत्रकार विश्व लिम्बुले गर्ने सयङ्का अध्यक्ष त्रिभुवन लुङ्फुङ्वाले बताए ।