Advertisement Ad

नेपाल बार एसोसिएसन पाँचथरको अध्यक्षमा राई

Advertisement Ad

११ असोज २०८०, पाँचथर । नेपाल बार एसोसिएसन, जिल्ला बार इकाई पाँचथरको १२ औं अधिवेशनले सन्त राईलाई अध्यक्ष निर्वाचित गरेको छ ।

सदरमुकाम फिदिममा सम्पन्न अधिवेशनको बन्द शत्रले राईलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्ष गणेश प्रसाद पोखरेल, सचिव जय प्रकाश केरुङ, सहसचिव आइस्था राई र कोषाध्यक्षमा शर्मानन्द सिग्देल निर्वाचित भएका छन् ।

सदस्यहरुमा चन्दराज रेम्मी, टिका तिम्सिना, लिला प्रसाद राई र सहमान बिश्वकर्मा निर्वाचित भएका छन् । अधिवेशन जिल्ला अदालतका न्यायाधिश टिकेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अधिवेशनले केन्द्रीय पार्षदमा छबि बाँस्कोटा र खगेन्द्र प्रसाद बाँस्कोटालाई निर्वाचित गरेको निर्वाचन अधिकृत कमल बहादुर चेम्जोङले जानकारी दिए ।

जिल्ला अदालत पाँचथरका न्यायधिस टिकेन्द्र दाहालको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।