Advertisement Ad

फिदिम–१३ जेभालेमा फुटवल र साँगीतिक कार्यक्रम हुने

Advertisement Ad

१३ असोज २०८०, पाँचथर। फिदिम–१३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा पूरुष तथा महिला नकआउट फुटवल प्रतियोगिता साथै साँगीतिक कार्यक्रम हुने भएको छ।

विजयादशमी मेलाको अवशरमा फुटवल, साँगीतिक कार्यक्रम, भाग्यशाली उपहार लगायतका कार्यक्रम गरिने सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। मेला कार्तिक ४ गतेदेखि कार्तिक १० गतेसम्म लाग्नेछ। कार्तिक ४ गतेदेखि नै सुरु हुने नकआउट फुटवल प्रतियोगितामा पूरुष तथा महिला दुबैतर्फ गरी ३५ टिमलाई सहभागि गराइने बताइएको छ।

प्रतियोगितामा पूरुषतर्फको विजेताले नगद एक लाख ३१ हजार रुपैंयाँ र उपविजेताले नगद नगद ७५ हजार रुपैंयाँ प्राप्त गर्नेछ। त्यस्तै महिलातर्फको विजेताले नगद ६१ हजार रुपैंयाँ र उपविजेता हुने टोलीले नगद ३६ हजार रुपैंयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष जितेश राईले जानकारी दिए। प्रतियोगितामा बिधागत पुरस्कार र सेमीफाइनलदेखि म्यान अफ् दि म्याचको लागि पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए।

मेलाको अवशरमा साँगीतिक कार्यक्रमको समेत अयोजना गरिएको छ। साँगीतिक कार्यक्रममा चर्चित गायीका एलिना चौहान सहितका अन्य कलाकारहरुको प्रस्तुती रहनेछ।

त्यस्तै मेलामा भाग्यशाली उपहार कार्यक्रमको समेत आयोजना गरिएको छ। भाग्यशाली उपहार कार्यक्रममा सहभागि भाग्यशालीले १५० सीसीको पल्सर मोटरसाइकल, टिभी र मोवाइल सेट लगायका उपहार पाउनेछन्। मेला लाग्ने क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि भाग्यशाली उपहार कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

ग्रामीण पर्यटनको प्रबद्र्धन गर्न, खेल र कला क्षेत्रको बिकासमा सहयोग पुर्याउन मेला तथा कार्यक्रमको आयोजना गरिएको मेला आयोजक समितिका प्रमुख सल्लाहकार गजेन्द्र राईले बताए। मेला सम्पन्न गर्न १८ लाख ११ हजार रुपैंयाँ खर्च हुने आयोजकको प्रक्षेपण छ।