२४ पुस २०८१, पाँचथर। फिदिम-६ सिवास्थित मगरगाँउमा माघ्या सक्रान्ति मेला २०८१ को अवसरमा आज (बुधबार) देखि खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ।
माघ्या सक्रान्ति मेला २०८१ को अवसरमा लाङ्घाली युवा क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको पहिलो खेलमा पुरुष तर्फका तीन र महिला तर्फको एक गरी चार खेल सम्पन्न भएका छन्।
पुरुष तर्फको पहिलो खेलमा ठाडे एफसी फिदिम-२ ले फेदायक एफसी फिदिम-६ लाई ३–२ गोल अन्तरले पराजीत गरेको छ। दोस्रो खेलमा आयोजक लाङ्घाली युवा क्लब ‘बी’ ले स्पर्स एफसी फिदिम-२ लाई ३–० गोल अन्तरले पराजीत गर्दा तेस्रो खेलमा फिदिम-५ चोकमागुले नाम्दु एफसी फिदिम-१ लाई सडनडेथमा पराजीत गर्यो।
प्रतियोगित अन्तरर्गत बुधबार भएको महिला तर्फको पहिलो खेलमा तिजोक युवा क्लब फाल्गुनन्द-१ नवमीडाडाँले सारताप एफसी फाल्गुनन्द-३ लाई टाइब्रेकरमा पराजीत गरेको छ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि, फिदिम-६ का वडा सदस्य तेजहाङ तुम्रोकले गरेका थिए। मेला तथा प्रतियोगिताको उद्घाटन समारोहमा फिदिम-६ का वडा सदस्य लोकेन्द्र कुमार तुम्रोक, नेपाली काँग्रेस फिदिम-६ का सचिव ललित थापा, नेकपा एमाले फिदिम-६ का अध्यक्ष धनकुमार सारु मगर, वाइसिएल पाँचथरका अध्यक्ष गणेश तुम्रोक र नेपाल मगर संघका जिल्ला सचिव प्रेम केप्छाकी मगर लगायतको सहभागिता रहेको थियो।
उद्घाटन समारोह लाङ्घाली युवा क्लबका अध्यक्ष सुवाश सारु मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगिता तथा मेला माघ १ गते सम्म चल्नेछ । माघ १ गते माघ्या सक्रान्तिको दिन साँस्कृतिक कार्यक्रम हुने स्थानीय सामाजिक अगुवा शेरबहादुर सारु (रोशन) ले बताए।

