रामचन्द्र तामाङ
पाँचथर – फिदिममा भेट्रान्स कप प्रतियाेगिता हुने भएकाे छ ।
फिदिम भेट्रान्स क्लबको आयोजनामा दाेस्राे अन्तराष्ट्रिय आमन्त्रण भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको हाे ।
मंगलबार फिदिममा पत्रकार सम्मेलन मार्फत प्रतियाेगिताबारे जानकारी गराएकाे हाे । ४० वर्ष माथिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता माघ ९ गतेदेखि १२ गतेसम्म हुनेछ ।
फिदिम मा.विकाेे खेेलमैदानमा हुने प्रतियाेगितामा आयोजक फिदिम भेट्रान्स क्लब सहित युनाइटेड फ्रेन्डस क्लब बुङकुलुङ दार्जिलिङ, धरान भेट्रान्स सुनसरी, दुधे भेट्रान्स झापा, रेडस्टार भेट्रान्स झापा,गोरख भेट्रान्स इलाम, बाैद्ध भेट्रान्स रानीटार र मोरङ भेट्रान्सको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ ।
२० लाख खर्चकाे अनुमान गरिएकाे प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५ हजार ५ सय पचपन्न र दोस्रो हुने टिमले ५० हजार ५ सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछ साथै व्यक्तिगत विधा अन्तरगर्त उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ । नियमानुसार २ जना मात्र ३८ बर्ष उमेरका खेलाडी सहभागि हुनेेेछ अन्य सबै ४० बर्ष माथिका खेलाडीहरु सहभागि हुनेछन् ।
फाेटाे : सामाजिक सञ्जाल

