२० पुस २०८१, पाँचथर। प्रेस सेन्टर नेपाल पाँचथरको अध्यक्षमा युद्व बहादुर बोहोरा निर्वाचित भएका छन्।
सदरमुकाम फिदिममा शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले बोहोराको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा रोहित आङबो र निशा लोवा, सचिव सुवाश राई, सहसिचव जिपि अधिकारी र उत्तर लिम्बू, कोषाध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्।
त्यस्तै सदस्यमा इच्छा लिम्बू, अशोक लाओती, संगीता अधिकारी र पुरण सुकिता निर्वाचित भएका निर्वाचन समितिका संयोजक, अधिवक्ता सन्त राईले बताए।
अधिवेशनले संघीय पार्षदमा घनेन्द्र केरुङ र रामचन्द्र तामाङ, प्रदेश पार्षदमा सेसेहाङ लाओती, राम प्रसाद बाँस्कोटा र भिम चेम्जोङलाई निर्वाचित गरेको छ।
अधिवेशनको अवशरमा प्रेस सेन्टर पाँचथरका संस्थापक अध्यक्ष सुर्यमान जबेगु, पूर्वअध्यक्षहरू खड्क सुन्दर सम्बाहाम्फे, राजन केडी रघनेन्द्र केरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र द्वारा सम्मान गरिएको थियो।त्यस्तै प्रेस सेन्टरककर्मी युद्ध बहादुर बोहरा र रजनी हाङसरुम्बालाई पनि दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको नवनिर्वाचित सचिव सुवाश राईले बताए।
अधिवेशनको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा पाँचथर सह–इन्चार्ज दिनेश लाओती, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लावती, माओवादी केन्द्रका जिल्ला संयोजक विशाल रसाइली, प्रदेश सचिवालय सदस्य शंकर ध्वज नेम्वाङ, नेपाल पत्रकार महासंघका पाँचथरका अध्यक्ष भीम बाँस्कोटा, पत्रकार लक्ष्मी गौतम, गिरिराज बाँस्कोटा, प्रेस युनियनका जिल्ला अध्यक्ष खबिन लुइँटेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष रविन्द्र काफ्ले लगायतले शुभकामना दिएका थिए।
