१९ पुस २०८१, इलाम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्।
सदरमुकाम इलाममा शुक्रबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले माबोहाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा सङसेमी माङयुङ, सचिवमा सिर्जना श्रेष्ठ, सहसचिवमा एलिना गुरुङ र कोषाध्यक्षमा सरिता राई निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा सुनिता मगर, डिना लिम्बू, सरोज जवेगू र प्रकाश साउदेन निर्वाचित भएको निर्वाचन समिति संयोजक चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए।
संघीय महाधिवेशन प्रतिनिधिमा सटेन्द्र जवेगू, रीता राराहाङ, अतित योङहाङ, सन्तोष नेम्बाङ, सुजता सुनुवार र काकीराम लावती निर्वाचित भएका छन्। प्रदेश महाधिवेशन प्रतिनिधिमा राम योङहाङ, बुद्धमाया सोङ्मी, सुनिता राई, लोकेन थेवे, जीवन योङहाङ, सुशिल मोरोहाङ, सोम सुनुवार, सुष्मा श्रेष्ठ र तारावीर लिम्बू निर्वाचित भएका छन्।
छैठौं जिल्ला अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका निवर्तमान अध्यक्ष राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
फोनिज प्रदेश–१ को तेस्रो प्रादेशिक महाधिवेशन यहीँ माघ महिनामा पाँचथरको फिदिममा हुने भएको छ। त्यसैले यहीँ पुस २८ सम्ममा प्रदेश–१ अन्तर्गतका सबै जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न गर्ने गरी संघीय र प्रदेश समितिबाट परिपत्र भएको फोनिज प्रदेश–१ अध्यक्ष तथा तेस्रो प्रादेशिक महाधिवेशन आयोजक समितिका संयोजक सन्तवीर लामाले बताए।

