रामचन्द्र तामाङ
फिदिम : बाैद्व भेट्रान्स रानीटारले रविमा जारी दोस्रो आमन्त्रित मिक्लाजुङ भेट्रान्स कपकाे उपाधी जितेकाे छ ।
आइतबार पाँचथरकाे मिक्लाजुङ ४ रविमा सम्पन्न खेलमा फिदिम भेट्रान्सलाई ७-२ गाेलकाे फराकिलाे अन्तरले पराजित गर्दै उपाधी जितेकाे हाे ।
प्रतिस्प्रधात्मक खेलकाे २७ मिनेटमा दिनेश गुरुङले पहिलाे गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बाैद्वकाे जितमा दिनेश गुरुङले ४ राजु गुरुङले १ जलकुमार गुरुङले १ र सन्तबिर राईले १ गाेल गरेका थिए । फिदिमकाे तर्फबाट निराजन श्रेष्ठ र सुवाश लिम्बूले १/१ गाेल फर्काएका थिए ।
प्रतियोगिताको विजेता बाैद्व भेट्रान्स रानीटारले नगद ३० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरेकाे छ भने उपबिजेता फिदिमले नगद १० हजार सहित ट्रफि प्राप्त गरेकाे छ ।
शनिबार बाैद्व भेट्रान्सले फाल्गुनन्द भेट्रान्सलाई ८-० गाेलले पराजित गर्दै फाईनलमा पुगेकाे हाे । यस्तै फिदिमले दमक भेट्रानलाई ट्राईब्रेकरमा ३-२ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियाे । प्रतियाेगितामा ६ टिमकाे सहभागिता रहेकाे आयाेजकले जानकारी दिएकाे छ ।