Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द भेट्रानलाई ८-० गाेलले पराजित गर्दै बाैद्व भेट्रान क्लब फाइनलमा प्रवेश

रामचन्द्र तामाङ

फिदिम : बाैद्व भेट्रान पाँचथरको रविमा जारी दोस्रो आमन्त्रित मिक्लाजुङ भेट्रान कपकाे फाइनलमा प्रवेश गरेकाे छ । शनिबार फाल्गुनन्द भेट्रानलाई ८-० गाेलले पराजित गर्दै बाैद्व भेट्रान फाईनलमा पुगेकाे हाे । अव फाईनलमा पाँचथरका दुई टोली बौद्ध भेट्रान क्लब र फिदिम भेट्रान क्लबले खेल्ने भएका छन् ।
फिदिमले ट्राईब्रेकरमा ३-२ गोलले दमक भेट्रान क्लब झापालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हाे ।

प्रतियाेगिता मिक्लाजुङ गाउँपालिकाकाे रवि बजारमा रहेकाे खेलमैदानमा सञ्चालन भइरहेकाे छ । ६ टिमकाे सहभागिता रहेकाे प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छन् भने उपविजेताले नगद १० हजार सहित ट्रफि पाउनेछन् । फाइनल खेल आइतबार हुनेछ ।