Advertisement Ad

Advertisement Ad

पाँचथरमा प्रदेश स्तरीय एन्फा रेफ्रिः आधारभूत कोर्ष सुरु

२३ वैशाख २०८२, पाँचथर। सदरमुकाम फिदिममा प्रदेश स्तरीय एन्फा रेफ्रिः आधारभूत कोर्ष सुरु भएको छ।

वैशाख २९ गतेसम्म सञ्चालन हुने एन्फा रेफ्रिः आधारभूत कोर्षको मंगलबार एक कार्यक्रमका बिच फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख काफ्लेले स्वास्थ्य, इज्जत र प्रतिष्ठासँग जोडिएको फुटबल खेललाई मर्यादित बनाउन रेफ्रिको महत्वपूर्ण भूमिका रहने भन्दै कोर्षको सफलताको शुभकामना दिएका थिए।

एन्फा रेफ्रिः आधारभूत कोर्षमा पाँचथरका २२ जना र अन्य विभिन्न जिल्लाका गरी कूल ४३ जनाको सहभागिता रहेको छ। जसमा २ जना महिला रहेका छन्। एक हप्तासम्म चल्ने कोर्ष उतीर्ण गर्नेलाई एन्फा रेफ्रि व्याच प्रदान गरिने जिल्ला फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईले बताए।

प्रशिक्षार्थीहरुलाई प्राविधिक विषयमा पूर्व फिफा रेफ्रि मधुसुधन खनाल, रोजिन श्रेष्ठ र सचिन अमात्य त्यस्तै शारीरिक सम्बन्धी पूर्व फिफा रेफ्रि सैलेश जोशी र रोजिन श्रेष्ठले प्रशिक्षण दिने आयोजकले जनाएको छ।