८ भदौ २०८२, काठमाडौं। गीतकार तथा साहित्यकार मृदुल आङबोको शब्द रचना रहेको ‘सोमिमा ज्यू सेवारो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
मनोज साङसोन राईको संगीत तथा एरेन्जमा रचना रिमाल र मनोज साङसोन राई स्वयम्को स्वर रहेको गीतको भिडियो ‘स्टुडियो किङ’ युट्युव च्यानलबाट हालै सार्वजनिक गरिएको हो।
सुरेश पायल राई र मनोज साङसोन राई रेकर्डिस्ट, राजु कार्कीको मास्टरिङ, अर्जुन कटुवालको छायाङ्कन, अर्जुन खड्काको सम्पादन रहेको भिडियोको सह–निर्माता राजन आङबो हुन्।
नेपाली लोक प्याटर्नको उक्त गीत सुन्न र हेर्न लायकको रहेको छ।
भिडियो हेर्नुहोस्ः
