Advertisement Ad

Advertisement Ad

मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा दोस्रो नकआउट पुरुष/महिला फुटबल खेलाउदै ।

फिदिम, पाँचथर १८ असोज २०८२ 

मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा वडा दशै २०८२ को पावन अवसरमा श्री सरस्वती मा.वि फिदिम न.पा. ५ चोकमागुको खेलमैदानमा असोज १८ गते बाट दोस्रो नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता खेलाउने भएको हो ।

पुरस्कार राशि पुरुष तर्फ प्रथम रु ५०,००० हजार (ट्रफि, मेडल र प्रमाण पत्र) दोस्रो रु ३०,००० हजार ( मेडल र प्रमाण पत्र) साथै महिला तर्फ प्रथम रु १५,००० हजार (ट्रफि, मेडल र प्रमाण पत्र) र दोस्रो रु १०,००० हजार ( मेडल र प्रमाण पत्र) रहेको छ ।  सेमी फाइनल बाट मेन अफ द म्याजको व्यवस्था पनि गरेको छ । उक्त प्रतियोगितामा जम्मा ३२ टिम इन्ट्रि भई सकेको आयोजकले जानकारी दिएको छ ।

 

खेलका नियमहरु

*खेल टाइसिट आधारमा खेलाउने ।

*खेलाडी संख्या ७+३ हुनु पर्ने ।

*खेल फिपाको नियम अनुसार खेलाउने ।

*खेलाडीहरु बीचमा विवाद भएमा आयोजक र रेफ्रीको निर्णय नै अंतिम निर्णय हुनेछ ।

*खेलाडीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्नेछ ।

*खेलाडीले जर्सी र बूट अनिवार्य लगाउनु पर्नेछ ।

 

सम्पर्क ब्यक्तिहरु

रितु तुम्बापो- ९८०९७०३०८७

मौसम तुम्बापो- ९८४३४९३९०३

युगल तुम्बापो- ९८५२६२०२७०