दक्षिण कोरिया ३० सेप्टेम्बर २०२५
जेजु नेपाल कमिटीको प्रथम अधिवेशन २८ सेप्टेम्बर २०२५ सम्पन्न गरेको छ । अध्यक्षमा बिबेक तामाङ सर्वसम्मतले निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्ष उन्जी तामाङ, महासचिव अनिता महर्जन, सचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष हस्त बहादुर शाहि, सह–कोषाध्यक्ष जमुना घले, सदस्यहरू उत्तम भुषाल, तिलोक विश्वकर्मा, सन्जय कार्की, मिलन केसी, कालु गुरुङ, अनिता रुम्बा, सविन विश्वकर्मा, मनोज चन्द सदस्य निर्वाचित भएका हुन् ।
दक्षिण कोरियाको जेजुदो प्रान्तमा सबै भन्दा पुरानो संस्था सन २०१० तिर स्थापना भएको सस्था हो । नेपाली श्रमिकहरुको समस्या लाई मध्यनजर गर्दै एक सामाजिक कार्य गर्नको निम्ती स्थापना भएको थियो । लामो समय सम्म अधिवेशन नभई लगभग १५ बर्ष पछि प्रथम संस्थापनात्मक अधिवेशन नामक गरि कार्यक्रम गरेको हो ।
सुरुवाती अवस्थामा कम संख्यामा नेपालीहरु भएको र संस्थागत रुपमा त्यति जानकार नभएकोले नेतृत्व परिवर्तन ढिला भएको तर निरन्तर सामाजिक गरिरहेको संस्थापक अध्यक्ष शुभद्रा पालुङवाले बताउनु भयो ।