Advertisement Ad

Advertisement Ad

फिदिममा जेन–जी आन्दोलनका शहीदको १३ औं पुण्यतिथिमा दीप प्रज्ज्वलन तथा श्रद्धान्जलीसभा

क्रिस ढुंगाना
१४ असोज २०८२ पाँचथर। फिदिममा परिवर्तन संघको आयोजनामा जेन–जी आन्दोलनमा सहादत प्राप्त शहीदहरूको १३ औं दिन पुण्यतिथि पारेर दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

कार्यक्रमको प्रारम्भ फिदिम बजारमा मौन र्यालीका साथ गरिएको थियो। त्यसपछि गणतन्त्र चोकमा दीप प्रज्ज्वलन गर्दै शहीदप्रति सम्मान व्यक्त गरिएको थियो।

श्रद्धाञ्जली सभामा फिदिम नगरपालिकाका मेयर, उपमेयर, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रमकै क्रममा जेन–जी आन्दोलनमा शहीद भएका पाँचथर हिलिहाङ गाउँपालिकाका कमल भण्डारीको परिवारलाई परिवर्तन संघले ३० हजार रुपैंयाँ आर्थिक सहयोग सहित समवेदना पत्र प्रदान गरेको थियो। उक्त रकम र पत्र शहीद कमलका पिता गणेश भण्डारीले ग्रहण गरेका थिए।