Advertisement Ad

Advertisement Ad

किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा 2nd KYC Jeju Do Open Knockout Football Tournament कार्यक्रम सम्पन्न ।

दक्षिण कोरिया २९ सेप्टेम्बर २०२५ 

किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा सातौ वार्षिकोत्सव तथा कोरियन चाड छुसकको पावन अवसर पारेर 2nd KYC Jeju Do Open Knockout Football Tournament २०२५ सेप्टेम्बर २७ तारिक कार्यक्रम सम्पन्न गरेको छ ।

खुल्ला नकाउट फुटबल प्रतियोगीतामा ८ टिम सहभागीता 1,Khumak Fc-A 2, Khumak Fc-B 3, Sangshan Sewa Fc-A 4, Sangshan Fc-B 5, K.Y.C FC 6,Habuk Fc 7, K.R.Y Fc 8,Jeju Student मध्ये (द्धितिय) उप-विजेता आयोजक टिम KYC Fc ले ६ लाख वोन, ट्रफिक, मेडल र प्रमाण-पत्र र विजेता Khumak Fc-A ले १० लाख वोन, ट्रफिक, मेडल र प्रमाण-पत्र प्राप्त गरेका थिए भन्ने High score पुजन राई, Best player विकल राई र Best Goalkeeper सुरेस नेम्बाङ पाएका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता सुष्मा नाल्बो, प्रमुख अतिथि आदीबासी जनजाति महासंघ जेजूदो शाखा अध्यक्ष दिल बहादुर मगर, बिशेष अतिथि कि.या. चु जेजूदो शाखा संरक्षक सुमन हाङस्रोङ, अतिथि एन्आरएन्ए जेजूदो शाखा अध्यक्ष गोकुल शर्मा, नेपाल तामाङ घेदुङ जेजूदो शाखा अध्यक्ष बिमल तामाङ, किरात राई यायोक्खा जेजूदो शाखा अध्यक्ष कोपिल राई, माउटेन्ट एभरेष्ट रेष्टुरेन्टका संचालक धर्मराज गौतम, नमस्ते नेपाल रेष्टुरेन्टका संचालक सुनिता व्लोन तामाङ लगायतको उपस्थितिमा औपचारिकता कार्यक्रम गरेको थियो ।