Advertisement Ad

पाँचथर गोल्डकपः बाग्मतीलाई हराउदै पाँचथर उपाधि नजिक

Advertisement Ad

१६ फागुन २०८०, पाँचथर। घरेलु समर्थकको साथ पाएको आयोजक पाँचथर क्लव सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

बुधबार फिदिम खेलमैदानमा भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा राइटलेन एजुकेशन बाग्मती युथ क्वल सर्लाहीलाई १–० स्तब्ध पार्दै पाँचथर उपाधी निजक पुगेको हो। पहिलो हाफको अतिरिक्त समयमा कप्तान रोशन आङदेम्बेले गरेको गोल निर्णायक बन्दा पाँचथर प्रतियोगिताको फाइनल प्रवेश गर्यो।

खेलको दोस्रो हाफमा सुधारिएको खेल पस्किदै बाग्मती युथ क्लवले खेलमा फर्किने प्रयास गरेको थियो। तर, गोल फर्काउन नसक्दा नतिजा पाँचथरलाई सुम्पिदै प्रतियोगिताबाट बाहिरिनुपर्यो। खेलको म्यान अफ् दि म्याच पाँचथर क्लवका गोलकिपर मिराक खजुम बने। उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बिहीबार मोफसलको सफल मानिएको टोली झापा ११ र ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवबीच प्रतिश्पर्धा हुनेछ। फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।

फोटोः दुर्गा खनाल