Advertisement Ad

पाँचथर गोल्डकपः आर्मीसँग रोकियो पहुना टोली हिल्स एकेडेमी

Advertisement Ad

१५ फागुन २०८०, पाँचथर। ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवसँग पराजीत हुँदै पाहुना टोली भारतको हिल्स एकेडेमी खर्साङ चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकपबाट बाहिरिएको छ ।

सदरमुकामस्थित फिदिम खेलमैदानमा मंगलबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा १–० को झिनो अन्तरले हार व्यहोर्दै हिल्स एकेडेमी पहिलो खेलबाटै घर फर्किएको हो । प्रतिश्पर्धात्मक खेलको ४७ औं मिनेटमा दिशान्त राईले गरेको गोल नै निर्णायक बन्यो । आर्मीका दीप लामाको क्रशमा हिल्स एकेडेमीका डिफेन्डरको कमजोरीको फाइदा उठाउदै दिशान्तले सुन्दर गोल गरे । उनले खेलको म्यान अफ् दि म्याच बन्दै नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे ।

१–० ले पछि परेको हिल्स एकेडेमीले खेल अवधीभरी खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा नतिजा आर्मीलाई सुम्पिनुपर्यो। यो सँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमीफाइनल खेल हुनेछ । बुधबार प्रतियोगिताको फाइनल यात्राका लागि आयोजक पाँचथर क्लवले राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाहीसँग खेल्नेछ । त्रिभुवन आर्मीले भने फाइनल प्रवेशका लागि बिहीबार झापा ११ सँग खेल्नेछ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष निशान शिवाकोटीले बताए ।