Advertisement Ad

कियाचु दक्षिण कोरियाद्वारा ‘याक्थुङ रैथाने मेलोडी नाइट’को तयारी

Advertisement Ad

३१ साउन २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसुक (추석) को अवशरमा याक्थुङ रैथाने मेलोडी नाइट विथ छेवाङ लामा & डीजे छिरिङ सांगीतिक कार्यक्रम गर्ने भएको छ।

१६ सेप्टेम्बर २०२४ मा हुने कार्यक्रमको तयारी चुम्लुङ कोरियाले थालेको छ। चुम्लुङ कोरियाले सन् २००८ मा स्थापना गरेको कोरियामा काम छोडेर बेरोजगार भएर बसेसम्मका लागि चुम्लुङहिम् (सेल्टर)लाई थप व्यवस्थित बनाउनका लागि सहयोगार्थ कार्यक्रम गर्न लागिएको हो। उक्त चुम्लुङहिम (सेल्टर)मा पूर्वदेखि पश्चिम सम्मका नेपालीहरुलाई आश्रय दिँदै आएको चुम्लुङ कोरियाले जनाएको छ। त्यसलाई थप सुबिधा सम्पन्न बनाउनका लागि सहयोगार्थ कार्यक्रम गर्न लागिएको हो।

서울시 중구 퇴계로द्दज्ञठ 충무로द्ध가 (진양상가 द्द층मा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म हुने कार्यक्रममा पालाम, हाक्पारे, ख्याली, केलाङ्सँगै आधुनिक संगीतको साथमा रैथाने याक्थुङ (लिम्बू) परिकार याङ्बेन, वाम्युक, तिते र सार्ग्याङ् लगायतका परिकारहरु उपलब्ध रहने किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले बताए।

दक्षिण कोरियामा रहेका सबै नेपालीलाई उक्त पृथक (रैथाने फ्युजन) कार्यक्रममा उपस्थित भएर भरपुर मनोरञ्जन लिन चुम्लुङ कोरियाले आग्रह गरेको छ। कार्यक्रममा पेपराज माबोहाङ, मन्दिरा नेम्बाङ र सुमन लिम्बूसँगै द भ्वाइस अफ् किड्स सिजन–३ का कोच छेवाङ लामाको दमदार प्रस्तुती रहनेछ।