Advertisement Ad

Advertisement Ad

अब लिम्बू चलचित्र कथाहरुको सेन्सर अनिवार्य, सेन्सर समिती गठन, संयोजकमा सुर्यप्रकाश चेम्जोङ

काठमाडौ – साउन २०८१ बिहिवार ।
लिम्बू चलचित्र निर्माणलाई विशिष्टिकरण गर्ने उदेश्यले
‘लिम्बू चलचित्र दर्ता कार्यविधि’ अर्थात् लिम्बू चलचित्र कथा सेन्सर बोर्ड गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङको १५औं स्थापना दिवसको अवसरमा चुम्लुङ्हिम ललितपुरमा आयोजित एक कार्यक्रमवीच घोषणा गरिएको हो । उक्त कार्यविधिमा संयोजक सुर्यप्रकाश चेम्जोङ, सदस्य सचीव साङ्सेन पन्धाक र सदस्यहरुमा रवि सेर्मा, इन्दु फोम्बो र दिनेश माङ्मु रहेको संघीय महासचिव रुपा आङ्बुहाङ्ले बताउनु भएको छ ।