Advertisement Ad

Advertisement Ad

अर्थवाज आमन्त्रित भलिबलः सेमीफाइनल समीकरण पूरा

फागुन २०८१, पाँचथर। फिदिम सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ।

आइतबार सम्पन्न प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारी नगरपालिका मोरङले शिवसताक्षी नगरपालिका झापालाई २५१५, २५२२ २९२७ को सोझो सेटमा पराजीत गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो। आइतबारै सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा फाल्गुनन्द गाउँपालिका पाँचथर विरूद्द पाँचखपन नगरपालिका संखुवासभा २५१२, २५१६ २५१५ को सोझोसेटमा पराजीत भयो।

आइतबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा फिदिम नगरपालिका पाँचथर विरूद्द २५१२, २५२१ २५१५ को सोझो सेटमा विजयी हुँदै सिदिङवा गाउँपालिका ताप्लेजुङ प्रतियोगिताको सेमीफाइनल प्रवेश गर्यो। यसअघि नै मिक्लाजुङ गाउँपालिका पाँचथरलाई पराजीत गर्दै दमक नगरपालिका झापा सेमीफाइनल प्रवेश गरिसकेको छ।

प्रतियोगिता अन्तरगत सोमबार पहिलो सेमीफाइनलमा दमक बेलबारी त्यस्तै दोस्रो तथा अन्तिम सेमीफाइनलमा पाँचखपन सिदिङवा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। फागुन गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद लाख हजार १११ रुपैंयाँ, ट्रफि, मेडल प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ७० हजार १११ रुपैंयाँ, ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ।