Advertisement Ad

Advertisement Ad

अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिताः उपाधिका लागि दमक र पाँचखपन भिंड्ने

फागुन २०८१, पाँचथर। फिदिम सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधिका लागि झापाको दमक नगरपालिका संखुवासभाको पाँचखपन नगरपालिका भिंड्ने भएका छन्।

सोमबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बेलबारी नगरपालिका मोरङलाई २५२२, २५१९ २५१८ को सोझो सेटमा पराजीत गर्दै दमक नगरपालिका झापाले फाइनलमा स्थान सुरक्षित गरेको हो। सोमबारै सम्पन्न प्रतियोगिताको दोस्रो तथाअन्तिम सेमीफाइनल खेलमा सिदिङवा गाउँपालिका ताप्लेजुङलाई २५१३, २५१७ २५१४ को सोझो सेटमा पाखा लगाउदै पाँचखपन नगरपालिका संखुवासभाले उपाधि भिंडन्तका लागि दमकसँगको भेट पक्का गरेको हो।

प्रतियोगिताको फाइनल खेल फागुन गते हुने आयोजक सिवा कला, साहित्य, साँस्कृतिक तथा खेलकुद आयोजक समितिका अध्यक्षएवम् फिदिम का वडा अध्यक्ष विपन तुम्रोकले बताए।

प्रतियोगिताको विजेताले नगद लाख हजार १११ रुपैंयाँ, ट्रफि, मेडल प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ७० हजार १११ रुपैंयाँ, ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ।