Advertisement Ad

Advertisement Ad

अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि दमकलाई

८ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा बुधबार सम्पन्न अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधि झापाको दमक नगरपालिकाले जितेको छ।

फिदिम-६ सिवास्थित सिवा खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा संखुवासभाको पाँचखपन नगरपालिकालाई २५-१६, २५-२२ र १५-७ को सेटमा पराजीत गर्दै दमकले उपाधि उचालेको हो। पहिलो र दोस्रो सेटमा लगातार जीत निकालेको दमकले तेस्रो र चौंथो सेट भने क्रमशः २३-२५ र २२-२५ ले गुमाएको थियो।

जीत सँगै दमकले नगद १ लाख १ हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेतामा सिमित बन्न पुगेको पाँचखपनले नगद ७० हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य एवम् पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबो (मौसम)ले पुरस्कार वितरण गरेका थिए।

सिवा कला, साहित्य, साँस्कृतिक महोत्सव २०८१ को अवसरमा आयोजित प्रतियोगितामा प्रदेश-१ का ८ पालिकाको सहभागिता रहेको फिदिम-६ का वडा अध्यक्ष तथा आयोजक समितिका सदस्य विपन तुम्रोकले बताए।