८ फागुन, २०८१ पाँचथर | पछिल्लो समय युवा पुस्तामा सर्वाधिक लोकप्रिय गायक जोन चाम्लिङ र उनको ब्याण्ड दि लोकल्सले फिदिममा प्रस्तुति दिने भएको छ |
ब्ल्याक बिन्स क्याफे एण्ड बार र न्यु बरदान संगितालय फिदिमले कन्सर्ट गर्न लागेको हो | जोन चाम्लिङ एण्ड दि लोकल्सले फागुन १२ गते बेलुका ८ बजेदेखि प्रस्तुति दिने फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ |
पूर्वी पहाडमा उनको लाईभ कन्सर्टलाई भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी तिव्र बनाइएको आयोजक संस्था ब्ल्याक बिन्सका सञ्चालक सुजन मगरले बताए | इलाम, पाँचथर, ताप्लेजुङमा टिकट काउन्टर राखेर टिक विक्रि सुरु गरीएको बताइएको छ । १० गतेभित्र टिकट खरिद गर्नेले ४ सयमा टिकट पाउने छ । टिकटदर ५ सय रहेको छ ।
उच्च स्तरीय मञ्च र साउण्ड प्रयोग गरेर प्रोग्राम गर्न लागिएको आयोजकको भनाई रहेको छ । हाम्रो पे मार्फत पनि टिकट काट्न मिल्ने बताइएको छ । ५ हजार भन्दा माथि दर्शक सहभागि हुने आयोजकको भनाई छ ।
उनका ‘हावा जस्तै मलाई उड्न मन छ’, ‘के गरु म तिम्रो हुनलाई’, ‘बटुल्न खोज्दै छु झरेका सपना’ जस्ता थुप्रै गीतहरु युवा पुस्तामा सर्वाधिक लोकप्रिय छन |
