Advertisement Ad

Advertisement Ad

रास्वपा पाँचथरकाे खबरदारी सभा, एकैपटक पाँचसय बढी रास्वपामा प्रवेश

पाँचथरकाे सदरमुकाम फिदिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत र्‍यालीले नगर परिक्रमा गर्दै खबरदारी सभा सम्पन्न गरेको छ ।

शनिवार रास्वपा पाँचथरकाे आयोजनामा झण्डा र घण्टी बजाउदै शान्तिपुर्ण बृहत र्‍यालीले नगर परिक्रमा पछि जिल्ला समन्वय समितिको सभाहलमा खबरदारी सभा सञ्चालन गरिएको थियो ।

रास्वपा पाँचथरले फिदिम नगरपालिका भित्र देखिएका अनियमितता, सांघिय सरकारबाट भईरहेको अनियमितता, भ्रष्टाचार, पार्टी सभापति रवि लामिछाने माथि सरकारले साधेको दुश्मनी, पाँचथर जिल्ला भित्र अधुरा रहेका विकास निर्माणका कामहरु, नागरिक संग सरकारको अनुपस्थिती लगायतका विषयमा खबरदारी गरिएको क्षेत्रीय सभापती दिपक प्रकाश भण्डारी बताउनुभयो ।

खबरदारी सभामा बिभिन्न पार्टी परित्याग गरि पाँचसय बढी व्यक्तिहरुले रास्वपा प्रवेश गरेका थिए । जिल्ला सभापती प्रकाश गुरुङले पार्टिको नितिगत कुराहरु, पार्टिका भावी योजना, जिल्लामा गर्नुपर्ने गतिविधि लगायतका विषयमा बाेल्दै अहिलेकाे सरकार भष्ट्रचारमा लिप्त रहेकाे र जनताकाे पक्षमा काम गर्न नसकेकाे,सरकारले अाफ्नाे भष्ट्र नेताहरु जाेगाएकाे भन्दै अाक्राेस पाेखेका थिए ।फाेटाे अजेन्द्र वाईबा