३ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय भलिवल प्रतियोगिता अन्तरगत शनिबार तिन खेल सम्पन्न भएका छन्।
शनिबार सम्पन्न पहिलो खेलमा दमक नगरपालिका झापा पाँचखपन नगरपालिका संखुवासभासँग २-० को सोझो सेटमा स्तब्ध बन्यो। बेलबारी नगरपालिका मोरङ र सिदिङवा गाउँपालिका टाप्लेजुङ बिच भएको दोस्रो खेलमा बेलबारी २-० को सोझो सेटमै पराजीत भयो।
लिगको आधारमा खेलाइएको प्रतियोगिता अन्तरगत शनिबार भएको पहिलो क्वाटरफाइनमा भने मिक्लाजुङ गाउँपालिका पाँचथरलाई ३-० को सोझो सेटमा पराजीत गर्दै दमक नगरपालिका झापाले प्रतियोगितामा पुनरागमन गरेको छ।
फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ७० हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।


