२ फागुन २०८१, पाँचथर । फिदिम–६ सिवामा शुक्रबारदेखि सुरु भएको अर्थवाज आमन्त्रित अन्तरपालिका भलिबल प्रतियोगिताको उद्घाटन खेलमा पाँचथरको मिक्लाजुङ गाउँपालिका विजयी भएको छ ।
सिवास्थित सिवा खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा पाँचथरकै फाल्गुनन्द गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दे मिक्लाजुङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । शुक्रबारै सम्पन्न अर्काे खेलमा झापाको शिवसताक्षी नगरपालिकाले पाँचथरको फिदिम नगरपालिकालाई सोझो सेटमा पराजीत गर्यो ।
प्रतियोगिता अन्तरगत शनिबार बिहान १० बजे झापाको दमक नगरपालिका र संखुवासभाको पाँचखपन गाउँपालिका त्यस्तै, दिउसो १२ बजे मोरङको बेलबारी नगरपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिका बिच प्रतिष्पर्धा हुनेछ ।
Advertisement
