६ भदौ २०८२, विराटनगर। प्रदेशको सञ्चार क्षेत्र व्यवस्थापन गर्न भन्दै कोशी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको ‘आम सञ्चार विधेयक’ लाई लिएर विवाद चुलिएको छ।
उक्त विधेयक सत्ता गठबन्धनले न्याय प्रशासन तथा विधायन समितिबाट बहुमतको आधारमा पारित गरेको भन्दै नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलनक नेता इन्द्र बहादुर आङ्बो ‘मौसम’ले गम्भीर आपत्ति जनाएका छन्। विधेयकमा माओवादी केन्द्रको स्पष्ट असहमति र फरक मत रहेको आङबोले बताएका छन्।
त्यस्तै, आम सञ्चार क्षेत्रकै असहमति र विरोधलाई बेवास्ता गर्दै विधेयक अघि बढाइएकामा प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका सांसद आङबोले प्रश्न उठाएका छन्। उनले विधेयकलाई पुनः समितिमा फिर्ता गरी सबै दलहरू, सञ्चार क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाबीच परामर्श र सहमतिका आधारमा पारित गर्नुपर्ने माग गरेका छन्।
सांसद आङ्बोले उठाएको मुख्य जिज्ञासा भनेको — “आम सञ्चार क्षेत्रकै असहमति र विरोधबीच यो विधेयक कसका लागि बनाइएको हो?” भन्ने हो। उनले संवेदनशील विधेयकलाई राजनीतिक बहुमतको बलमा अघि बढाउनु लोकतान्त्रिक मूल्य र सञ्चार स्वतन्त्रताको विपरीत रहेको चेतावनीसमेत दिएका छन्।
आङ्बोले सामाजिक सञ्जालमा लेखेका छन्ः