दक्षिण कोरिया २३ सेप्टेम्बर 2025
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा “रजत जयन्ती विशेष भेटघाट तथा बृहत वनभोज कार्यक्रम–२०२५” आयोजना गर्ने भएको छ ।
सौल केन्द्र, बुसान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा दक्षिण कोरियाको अति शुन्दर충청남도 태안군 원북면 신두해변길 199 स्थानमा २०२५ सेप्टेम्बर ६ र ७ तारिक (शनिवार/आईतबार) कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रमका आकर्षणहरु
कार्यक्रममा लिम्बू जातिको मौलिक नाच–के:लाङ, धान नाच (या:लाङ), हाक्पारे, ख्याली लगायतका सांस्कृतिक प्रस्तुति हुनेछन् । साथै छेलो हान्ने (प:लुङ), म्युजिकल चेयर, हाँडी फुटाउने, विच फुटसल जस्ता रमाइलो खेलकुद प्रतियोगिता संगै सुन्दर सामुन्द्रीक दृश्य अवलोकन, विच स्विमिङ, आकर्षक रिसोर्ट, मिष्ठान्न भोजन, BBQ समेत हुनेछन् ।
आफ्नो मौलिक संस्कार सँस्कृतको संरक्षण, प्रर्वद्धन साथै एकआपसीमा सम्बन्ध लाई प्रगाढ बनाउँदै लिम्बू खानपानको स्वादमा कोरियामा रहेका (याक्थुङ) लिम्बू दाजुभाई तथा दिदीबहिनीहरू एवम् गैर लिम्बू दाजुभाई तथा दिदीबहिनीहरूमा सहभागिताका लागि आयोजक टिमले हार्दिक विनम्र साथ निमन्त्रणा गरेको छन ।
स्थान- 충청남도 태안군 원북면 신두해변길 199
मिति- २०२५/०९/ ६ र ७ तारिक (शनिवार/आईतबार)
समय- बेलुकि ०९:०० बजे
बस प्रस्थान मिति,स्थान र समय:
मिति-२०२५/०९/०६ तारिक शनिवार
सऊल दोङदेमुन यक २ नं. गेटबाट: ०४:०० PM
सुवन यक १३ नं. गेटबाट: ०५:०० PM (कसम रेष्टूरेण्टको अगाडी पट्टी)
सहभागिता शुल्क:
पुरूष- ११००००₩
महिला – ९००००₩
कप्पल – १८००००₩
बैँकको नाम – २२१४८११९१०२०१२(IBK)
Name – SAUDEN RAJAN
सम्पर्क नं.
विनोद सौदेन – ०१०-७६१७-४९१५ (सऊल)
अर्जुन सुब्बा – ०१०-५७२१-५२६० (बुसान)
सुस्मा नाल्बो – ०१०-५३२२-२७३२ (जेजूदो)
सन्देश ईजम – ०१०-८११९-६३५१ (छल्लादो)