भुमि ईधिङ्गो लिम्बू यम्भामी
२४ मंसिर २०८२, यूएई। किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा यूएईको बरदुबई स्थित एभरेष्ट क्लव याक एण्ड यतिको हलमा याक्थुङ (लिम्बू)हरुको मौलिक साँस्कृतिक चाड चासोक तङनाम–२०८२ भव्यतापूर्वक मनाइएको छ।
कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष पोबो थेबे सेमीले सभापतित्व गरेका थिए। कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति, प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगत, सावला साम्बा भवानी अन्छङ्बो र आमन्त्रित अतिथिहरुबाट दीयो बाली, राष्ट्रगान गाएर गरिएको थियो।
याक्थुङ (लिम्बू)हरुले नयाँ पाकेको अन्न सर्वप्रथम प्रकृति र विभिन्न माङ् साम्माङहरुलाई चढाएर मात्र खाने प्रचलन छ। यहीँ न्वागी परम्परा नै चासोक तङनाम हो। कार्यक्रममा यहीँ परम्परालाई पछ्याउदै सावला साम्बा आन्छङ्बोबाट विधिपूर्वक चासोक थिसोक सम्पन्न गरिएको थियो।
कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ यूएईकी उपाध्यक्ष रष्ना लिम्बूले गरेकी थिइन्। आमन्त्रित अतिथिहरुलाई चुम्लुङ यूएईका बरिष्ठ उपाध्यक्ष गोबिन्द कुमार लुम्फुङवाको स्वागत मन्तब्य मार्फत स्वागत गरिएको थियो। त्यसैगरी याक्थुङ सयङ सङ्जुम्भो यूएईका बरिष्ठ उपाध्यक्ष लोकेन्द्र सम्बाहाम्फे मिषेक, संघीय लिम्बुवान सामाजिक मञ्च यूएईका उपाध्यक्ष लक्किराज बेघा मुक्साम खाम्बेक, अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चका अध्यक्ष बिक्रम पन्धाक मिसाम र प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगतले चासोक तङनामको शुभकामना मन्तब्य राखेका थिए।
मन्तब्य राख्ने क्रममा अन्तर्रास्ट्रिय प्रवास समन्वय मञ्चका अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ यूएईका प्रमुख संरक्षक तथा किरात याक्थुङ चुम्लुङ यूएईका सल्लाहकार श्री बिक्रम पन्धाक मिसामले यूएईमा आबद्ध याक्थुङ लिम्बूहरुको एकता साथै समन्वय गरि एकै ठाउमा कार्यक्रम गर्नको लागि सुझाव दिएका थिए। त्यसैगरी प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगतले कार्यक्रममा आफ्नो मौलिक पहिरन अनिवार्य लगाउन आव्हान गरेका थिए।
औपचारिक कार्यक्रमकै क्रममा याक्थुङ लिम्बुहरुको मौलिक परम्परा येबालाङ् सावला साम्बा भवानी अन्छङ्बोले प्रस्तुत गरेका थिए। त्यस्तै हाक्पारे साम्लोका मुख्य कलाकार चेसुङ इलामेली र साथमा तुम्याहाङ खड्क पन्धाक, लाजेसा सिङ्जाङ्गो, दुर्गा कुरुङबाङ र मेन्छ्यातर्फ पार्वती थलङ, मिना तबेबुङ, अबिना सम्बाहाम्फे र रनिता बेघाले साथ दिएका थिए।
साथै २०२५–२०२७ कार्यसमितिका मनोनित सल्लाहकारहरुलाई प्रमाण पत्र हस्तान्तरण र सोही अवसरमा निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कमल लावती र निबर्तमान उपाध्यक्ष तथा सल्लाहकार आइन्द्र बिक्रम वाजिहाङ साम्माङलाई दोषल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमका मुख्य प्रायोजक थुप्पोको थेबे लिम्बू समाज यूएई, साथै BTCC INTERNATIONAL, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूएई, युमा साम्यो महासभा यूएई, याक्थुङ सयङ सङ्जुम्भो यूएई, गोर्खा ज्वेलरी, शुभयात्रा ट्राभल्स, किरात राई यायोक्खा शाखा यूएई, राजु कुरुम्बाङ्, राम कुरुम्बाङ्, दल बहादुर लिम्बू, कमल लावती, लोकेन्द्र पालुङ्वा, सबिता लिम्बू, सोम सेनेहाङ लिम्बू, बिनिता बान्तवा राई, बिक्रम वजिहाङ साम्माङ, रुपा राई, बहादुर राई, जमुना राई, बिराज केरुङ, खड्ग सिन्जाङ्गो, योगेश निङ्लेकु, प्रेम चेम्जोङ्, बिक्रम पंधाक मिसाम, खड्क पंधाक र सुदिप गुरुङलाई स–धन्यबाद मायाको चिनो हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बिशेष अतिथिहरुमा क्रमशः नेपाली समाज यूएई, सवाला साम्बा भवानी अन्छङ्बो, किरात याक्थुङ चुम्लुङ यूएईका तुम्याहाङ/सल्लाहकारहरु, याक्थुङ सयङ सङ्जुम्भोका प्रमुख संरक्षक साथै किरात याक्थुङ चुम्लुङ यूएईका संस्थापक सदस्य तुम्याहाङ् काजिमान लिबाङ, किरात याक्थुङ चुम्लुङ यूएई क्षेत्रिय समिति शारजाह अध्यक्ष लाजेशा सिंजाङ्गो, अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई क्षेत्रिय समिति अलऐन, थुप्पोको थेबे लिम्बू समाज यूएई, युमा साम्यो महासभा यूएई, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूएई, याक्थुङ सयङ सङ्जुम्भो अबुधाबी यूएई, आदिवासी जनजाति युवा महासंघ, नेपाल–शाखा, यूएई त्यसै गरी अतिथिहरुमा तमु समाज यूएई, नेपाल मगर संघ शाखा यूएई, तामाङ समाज यूएई, किरात राई यायोक्खा शाखा यूएई, नेवाः पुचः युएई, शेर्पा किदुक यूएई, थारु कल्याणकारिणी सभा यूएई, प्रवासी भुजेल समाज सेवा समिति यूएई, सुनुवार सेवा समाज यूएई, कुमाल समाज यूएई, नेपाल आदिवासी जनजाती महासंघ यूएई, ताप्लेजुङ समाज सेवा समिति यूएई, सुनसरी समाज यूएई, पथरी सनिश्चरे समाज यूएई, फोनिज यूएई लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।
औपचारिक कार्यक्रम महासचिव भुमी ईधिङ्गो लिम्बू र सचिव दिलिप हाङ आङदेम्बेले सञ्चालन गरेका थिए भने अन्त्यमा कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष साथै सभापति पोबो थेबे सेमीले उपस्थित अतिथिहरुलाई चासोक तङ्नामको शुभकामना दिंदै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएर औपचारिक कार्यक्रमको समापन गरेका थिए।
साँस्कृतिक बिभाग प्रमुख संगीता कुरुम्बाङले साँस्कृतिक कार्यक्रमको संयोजक गरेका थिए भने उपाध्यक्ष मनिषा सुब्बा र माङ्सेबुङ आइडल बिजेता तथा गायक दिनेश योङहाङले सञ्चालन गरेका थिए। साँस्कृतिक तर्फ केलाःङ्, या?लाःङ्, गायन तथा नृत्य प्रस्तुत गरि कार्यक्रमको अन्त्य गरिएको थियो। साँस्कृतिक कलाकारहरु गायकहरु दिनेश योङहाङ, मिलन तामाङ, सुन्दर योङ्हाङ, सुरेश लामा, प्रदिप पुन मगर, हाक्पारे तथा केलाःङ् कलाकारहरु चेसुङ इलामेली, खड्क पन्धाक, लाजेसा सिङ्जाङ्गो, दुर्गा कुरुम्बाङ, दुर्गा थोक्लेन, हेम फोम्बो, दिनेश योङहाङ, मिना तबेबुङ, टिका फियाक, अबिना सम्बाहाम्फे, पार्वती थलङ, नृत्य कलाकार मनिषा सुब्बा इङ्गाषा, अल्येन लिम्बू, भारती सुब्बा, सम्झना लिम्बू, सुजता कुरुम्बाङको बेजोड प्रस्तुति रहेको थियो।








