२९ मंसिर २०८२, पाँचथर। फिदिम नगरपालिका–६ सिवा स्थित मगरगाउँमा यस वर्ष पनि पुष २५ गतेदेखि माघ १ गतेसम्म पूरुष तथा महिला फुटबल प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सहित माघ्या सकराटी मेला लाग्ने भएको छ।
मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा सदा झैं यस वर्ष पनि लाङ्घाली युवा क्लवको आयोजनामा खेलकुद प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रमको साथमा मेला लाग्ने भएको हो।
मेलाको अवसरमा पुष २५ गतेदेखि पूरुष तथा महिला फुटबल प्रतियोगिता हुनेछ। माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूरुष तर्फको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। उपविजेताले नगद ३० हजार ३ सय ३३ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक लाङ्घाली युवा क्लवका अध्यक्ष सुवाश सारुले बताए।
त्यस्तै महिला तर्फको विजेताले नगद २० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण–पत्र त्यस्तै उपविजेताले नगद १० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। पूरुष–महिला दुबै तर्फका वेष्ट किपिङ, वेष्ट प्लेयर र हाई स्कोररलाई पनि पुरस्कार प्रदान गरिने क्लवका सचिव सनम सारुले बताए।
प्रतियोगिताको प्रबद्र्धकको रुपमा फिदिम नगरपालिका, ६ नं.वडा कार्यालय रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल मगर संघ, फिदिम–६, लखनथापा आटैकान कृषक समूह र शिखर कृषक समूह फिदिम–६ रहेका छन्।
मेलामा मगर मुदायको साँस्कृतिक नाच हुर्रा नाच सहित मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने स्थानीय शेर बहादुर सारु (रोशन)ले जानकारी दिए।
