Advertisement Ad

सहकारी केन्द्र नेपाल पाँचथरको जिल्ला सम्मेलन सम्पन्न

Advertisement Ad

५ पुस २०८०, पाँचथर। नेकपा (माओवादी केन्द्र) निकट सहकारी केन्द्र नेपाल पाँचथरको प्रथम जिल्ला सम्मेलन बिहीबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ।

सम्मेलनले पेम्बा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा सानु थापा मगर, सचिव घनेन्द्र केरुङ र कोषाध्यक्ष गणेश बास्कोटा निर्वाचित भएका छन्।

सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्रका) केन्द्रीय सदस्य तथा तीन महिने जनतासँग माओवादी रुपान्तरण अभियानका पाँचथर जिल्ला इन्चार्ज झलकसिं दर्लामील गरेका थिए।

कार्यक्रममा सहकारी केन्द्र नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज शंखरध्वज नेम्बाङ, प्रदेश सचिव उद्धव लङ्वा, जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख याम बहादुर आङ्बो लगायतको उपस्थिति रहेको नवनिर्वाचित सचिव केरुङले बताए।