Advertisement Ad

Advertisement Ad

कञ्चनजंघा सेसेलुङ गोल्डकपः झापालाई हराउदै पाँचथर सेमीफाइनलमा

६ पुस २०८०, पाँचथर। पाँचथर फुटवल क्लव ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाको जलथल फुटवल क्लवलाई १–० ले स्तब्ध पार्दै पाँचथरले सेमीफाइल यात्रा तय गरेको हो। पाँचथरको लागि दिनेश शेर्माले गरेको एक मात्र गोल निर्णायक बन्यो।

खेलको म्यान अफ् दि म्याच पाँचथर फुटवल क्लवका वशन्त ओझा बने। उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे। खेलको अन्त्यतिर झापाका मिलन राई दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि झापा १० खेलाडीमा सिमित बनेको थियो।

प्रतियोगिताको तेस्रो क्वाटरफाइन खेलमा आज (शुक्रबार) धनकुटाको रारा फुटवल क्लव र तेह्रथुमको आठराई गाउँपालिकाबीच प्रतिश्पर्धा हुने खेल सहसंयोजक दिनेश लिङखिमले जानकारी दिए।

चासोक तङनाम ५०८३ (वि.सं.२०८०) को अवशरमा आयोजित प्रतियोगिताको विजेता टिमले नगद २ लाख ८० हजार रुपैंयाँ र उपविजेता टिमले नगद १ लाख ५१ हजार ८० रुपैंयाँ प्राप्त गर्नेछन्।