Advertisement Ad

Advertisement Ad

कियाचु युएइले चासोक तङनाम मनाउदै

७ पुस २०८०, युएइ। किरात याक्थुङ चुम्लुङ युएइले विविध कार्यक्रम गरी चासोक तङनाम ५०८३ (वि.सं.२०८०) मनाउने भएको छ।

चासोक तङनामको अवशरमा किरात याक्थुङ चुम्लुङ युएइले यहिं डिसेम्बर ३१ तारिखका दिन युएइस्थित एभरेष्ट क्लव बरदुबईमा चासोक तङनाम विशेष समारोहको आयोजन गर्न लागेको हो । कार्यक्रममा चासोक अनुष्ठानसँगै मौलिक याक्थुङ (लिम्बू) भेषभूषा प्रदर्शनी, मौलिक परिकारहरुको प्रदर्शनी तथा खानपिन र साँस्कृतिक प्रस्तुती रहनेछ।

कार्यक्रममा लोकप्रिय गायक ब्रबिन चेसुङ शेर्मा सँगै अन्य कलाकारहरु दिपराज नेयोङहाङ, मनिषा खाम्दाक सुब्बा, दिनेश योङहाङ, दिलु आङबुहाङ, सजन पुमा राई, सुन्दर लिम्बू, अंकिता राई सँगै युएइको केःलाङ् समूहको समेत प्रस्तुती रहनेछ।