Advertisement Ad

Advertisement Ad

सुम्हात्लुङ परिषरमा चासोक मेला

पुस २०८०, पाँचथर। फिदिम गढीस्थित ऐतिहासिक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? परिषरमा चासोक मेला सुरु भएको छ।

शनिबार एक समारोहकाबीच जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले चासोक मेलाको उद्घाटन गरे। मौलिक याक्थुङ (लिम्बू) संस्कृतिको संरक्षण एवंम् सुम्जिरी सुम्हात्लुङ आम्बेपज?को प्रचार प्रवर्द्धनका लागि मेला लगाएको बताईएको छ।

मेलामा मौलिक याक्थुङ (लिम्बू) परिकारहरुको स्टल रहनेछ। याक्थुङ (लिम्बू) जातीको पुराना परम्परागत उपकरणहरुको प्रदर्शनी गरिनेछ। सो अवशरमा आइतबार छैठौं सुम्हात्लुङ मिनि म्याराथुन, सोमबार सांस्कृतिक कार्यक्रम मंगलबार चासोक पूजा गरिने बताईएको

पुष १५ गते बृहत सांस्कृतिक कार्यक्रम १६ गते मेला समापन गरिने मेला आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवंम् बिकास प्रतिष्ठानले जनाएको छ।