Advertisement Ad

सुम्हात्लुङ मिनि म्याराथुनको उपाधी पूरुषतर्फ श्रीकास र महिलातर्फ जुलिनलाई

Advertisement Ad

८ पुस २०८०, पाँचथर। छैटौं संस्करणको सुम्हात्लुङ मिनि म्याराथुनको उपाधी पूरुषतर्फ श्रीकास राई महिलातर्फ जुलिन राईले जितेका छन्।

फिदिम–४ गढीमा चासोक मेलाको अवशरमा सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा बिकास प्रतिष्ठानले आइतबार आयोजना गरेको म्याराथुनमा पूरुषतर्फ त्रिभुवन आर्मीका श्रीकास राई प्रथम भएका हुन् । उनले निर्धारित ९ किलोमिटर दुरी २७ मिनेट ५६ सेकेण्डमा पूरा गरेका थिए।

त्यस्तै एपीएफका निरज भट्ट द्वितीय भए। उनले २८ मिनेट ३ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका थिए। २८ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पार गरेका सिन्धुपाल्चोकका राजेन्द्र तामाङ त्रितीय भए। उनीहरुले क्रमशः नगद ३० हजार, २० हजार र १५ हजार रुपैंयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। सान्तवना हुने फिदिम–१० का प्रताम थाम्सुहाङ, फिदिम–६ का दिपेश तामाङ, ताप्लेजुङका मिया लिम्बू, इलामका सञ्जय राई र ताप्लेजुङका रमेश लिम्बूले जनही १ हजार रुपैंयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिलातर्फ प्रथम हुने भोजपुरकी जुलिन राईले ३८ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् भने द्वितीय हुने जहि राईले ३८ मिनेट ४१ सेकेण्ड, त्रितीय हुने बिनिता राईले ३९ मिनेट ११ सेकेण्ड र सान्तवना हुने कल्पना राईले ४२ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका थिए। उनीहरु सबै भोजपुरका हुन्। उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैंयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

धावकहरुले फिदिम–४ गढीस्थित ऐतिहासिक सुम्जिरी सुम्हात्लुङ आम्बेपज?देखि पाँचथर बहुमुखी क्याम्पस, आहालगैरी, जोरसाल, पल्लोटार नयाँ वसपार्क, कालुराम ग्यारेज, शनिबारे, हुलाकलाईन, वेल्फेयर भएर पुनः सुम्जिरी सुम्हात्लुङ आम्बेपज? पुग्दै ९ किलोमिटर दूरी पार गरेका थिए।