Advertisement Ad

Advertisement Ad

पाँचथरको कुम्मायकमा छोराले धकेल्दा बाबुको मृत्यु

५ पुस २०८०, पाँचथर। जिल्लाको कुम्मायक गाउँपालिका–१ यासोकस्थित गैरीगाउँमा बुधबार छोराले धकेल्दा बाबुको मृत्यु भएको छ।

सामान्य विवादको क्रममा ४५ बर्षीय छोरा घनेन्द्र तामाङले धकेल्दा बाबु ८३ बर्षीय चन्द्रमान तामाङको मृत्यु भएको हो। छोराले धकेल्दा भित्तामा ठोक्किन पुगेका बृद्धको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरले बताए।

पैशा माग्दा नदिएपछि विवाद हुँदा घनेन्द्रले बाबुलाई धकेलेको बुझिएको छ। मंगलबार साँझ छोराहरु घनेन्द्र र ४० बर्षीय देबेन्द्रसँग पनि चन्द्रमानको विवाद भएको बुझिएको छ। घटनापछि प्रहरीले दुबै छोरालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।