Advertisement Ad

Advertisement Ad

युएइमा चासोक मनाइयो

४ पुस २०८०, युएइ। युएइमा डिसेम्बर १७ मा याक्थुङ (लिम्बू) हरुको मौलिक चाड चासोक थिसोक मनाइएको छ। युएइको होटल ह्यरिटेजमा येले तङ्बे ५०७३ को चासोक मनाइएको हो।

कार्यक्रमको उद्घाटन मौलिक बिधिबाट पूजा गरेर फेदाङ्मा भवानी अन्छङबोले गरेका थिए। डम्बर लिबाङको स्वागत मन्तब्यसँगै अघि बढेको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ युएइका अध्यक्ष बिक्रम पन्धाक, किरात याक्थुङ चुम्लुङ युएइका अध्यक्ष कमल लावती, संघीय लिम्बुवान सामाजिक मञ्च युएइका अध्यक्ष भिम अधिकारी, उप–संरक्षक राम फियाक, संघीय लिम्बुवान सामाजिक मञ्च क्षेत्रीय कार्य समिति अल ऐनका कार्यबाहक अध्यक्ष सिमा सुब्बा लगायतको उपस्थिति रहेको थियो।

उपस्थित अतिथिहरुले चासोक थिसोकको मौलिकता र साँस्कृतिक महत्वबारे आ–आफ्नो बिचार राखेका थिए। कार्यक्रममा सुन्दर योङहाङ र मिलन लिम्बूले गायन साथै मनिषा सुब्बाले नृत्यु प्रस्तुत गरेकी थिइन्। त्यस्तै युएइस्थित केःलाङ् समूहद्वारा केःलाङ् प्रस्तुत गरिएको थियो। ख्याली र या?लाङ् समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमले याक्थुङ (लिम्बू) जातिको मौलिकता संरक्षणसँगै आपसी सहिष्णुता र सद्भाव अभिबृद्धि गर्न सन्देश दिएको आयोजक युमा साम्यो महासभा युएइका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक गोबिन्द लुम्फुङवाले बताए।

कार्यक्रम युमा साम्यो महासभा युएइका कार्यबाहक अध्यक्ष राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको प्रवक्ता भूमी इधिङगो लिम्बूले बताए।