Advertisement Ad

बाल दिवसको अवसरमा ब्याडमिन्टन संघ, पाँचथरद्वारा जुनियर ब्याडमिन्टन प्रतियोगिताको आयोजना

Advertisement Ad

३० भदौ, २०८१ पाँचथर । ६० औं अन्तरास्ट्रिय बाल दिवसको अवसरमा फिदिममा जुनियर ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।

शनिबार फिदिम स्थित जिल्ला समन्वय समितिको कवर्डहलमा ब्याडमिन्टन संघ पाँचथरले प्रतियोगिताको आयोजना गरेको हो।प्रतियोगिता अन्तर्गत विभिन्न उमेर समुहमा महिला तथा पुरुष बिच प्रतिस्पर्धा गराइएको आयोजक समितीले जनाएको छ । १९ वर्ष मुनिको पुरुष ब्याडमिन्टन प्रतियोगिता तर्फ आयुश धमला प्रथम, शाहिल राई द्वितीय, अमित मगर र बबिन मगर तेस्रो भएका छन । १६ वर्ष मुनिको महिला ब्याडमिन्टन प्रतियोगितामा नेहा राई प्रथम, प्रजु तामाङ द्वितीय, आशिका राई र सलमी लिम्बू तेस्रो भएका छन ।


त्यस्तै १५ वर्ष मुनिको पुरुष पुरुष ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पल राई प्रथम, नितेश शाह द्वितीय, स्पर्श तुम्बापो र बिजय सुवेदी तेस्रो भएका छन । १३ वर्ष मुनिको पुरुष ब्याडमिन्टन प्रतियोगितामा अनुहाङ लिम्बू प्रथम, मिसन लिम्बू द्वितीय, इमान बेघा र जेरस तामाङ तेस्रो भएका छन । प्रतियोगिताको बिजेता तथा उपबिजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको ब्याडमिन्टन संघ पाँचथरका सचीव मंगल बेघाले बताए ।


प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्तिथि फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले नगरको ब्याडमिन्टन खेल बिकासको लागि विभिन्न कार्यक्रमहरु अघि सार्ने प्रतिबद्धता व्यक्त गरेका छन । प्रतियोगितामा पाँचथरका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहेको थियो ।