Advertisement Ad

चासोक तङनामको अवसरमा फिदिम–१४ फुल्पामा फुटबल प्रतियोगिता हुँदै

Advertisement Ad

इवारा जबेगु

२ पुस २०८०, पाँचथर। चासोक तङनाम ५०८३ (वि.सं.२०८०) को अवसरमा फिदिम नगरपालिका–१४ फुल्पामा खुला नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।

आनि? साक्थिम क्लवले आयोजना गरेको प्रतियोगिता पुस ७ गते देखि सुरु हुनेछ। प्रगियोगिताको फाइनल पुस १३ गते हुने आयोजक आनि साक्थिम क्लवले जनाएको छ। प्रतियोगिता अन्तर्गत सबै खेलहरु फिदिम–१४ फुल्पास्थित काङ्सोरे खेलमैदानमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार रुपैंयाँ ट्रफि मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता हुने टिमले नगद ७५ हजार रुपैंयाँ ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यस्तै महिलातर्फको विजेताले नगद ५० हजार रुपैंयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने टिमले नगद ३० हजार रुपैंयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक आनि साक्थिम क्लवका खेल संयोजक योगेश वनेम फागोले बताए।

पुस १३ गते फाइनल खेलको दिन मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ।