Advertisement Ad

याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउनेलाई छात्रवृत्ति दिइने

Advertisement Ad

२४ साउन २०८०, पाँचथर । किरात याक्थुङ चुम्लुङ क्यानडाले आर्थिक बर्ष २०७९/८० मा याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवशको अवशरमा आगामी भदौ १७ गते उक्त छात्रवृत्ति प्रदान गरिने बताइएको छ । जसका लागि आर्थिक बर्ष २०७९/८० मा याक्थुङ भाषा कक्षा–११ उतीर्ण गर्ने विद्यार्थीले भदौ ५ गते सम्ममा ललीतपुर तिखेदेवलस्थित चुम्लुङ केन्द्रीय कार्यालयमा वा इमेल गरेर आफ्नो मार्कसिटको प्रतिलिपि बुझाउनुपर्नेछ ।

हालः नेपालमा ६ वटा विद्यालयमा याक्थुङ भाषामा कक्षा ११ र १२ अध्ययन, अध्यापन भइरहेको छ । याक्थुङ भाषा उच्च माध्यमिक शिक्षा बोर्डका संयोजक मलिसा याक्थुङबाका अनुसार पाँचथरका ३, ताप्लेजुङको १, इलामको १ र मोरङको १ विद्यालयमा कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन हुँदै आएको छ ।

मार्कसिटको प्रतिलिपि बुझाउने सम्बन्धी चुम्लुङले प्रकाशित गरेको सूचना :